गृहमन्त्री खाणद्वारा अचानक रामचन्द्र पौडेलसँग भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

सोमबार नेता पौडेलको निवास बोहोराटारमा पौडेल र खाणबीच भेटवार्ता भएको हो । भेटमा पार्टीको आन्तरिक कुरासहितका विविध विषयमा कुराकानी भएको बुझिएको छ ।

गृहमन्त्री खाणले समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको बताएका छन् ।

कांग्रेसमा केही केन्द्रीय सदस्यको मनोनयन गर्न बाँकी छ । पार्टीको विभाग र भ्रातृ संस्थाहरूलाई पूर्णता दिने विषयमा पनि उनीहरूका बीचमा कुराकानी भएको जनाइएको छ ।

Published : Monday, 2022 August 1, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया