अष्ट्रेलियाबाट योञ्जनले खुलाए खण्डनसहित वास्तविक कुरा, धेरै उत्पात नमच्चाउन चेतावनी

काठमाडौं । अष्ट्रेलियाका लागि अवैतानिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले आफूविरुद्ध आएका समाचारको खण्डन गर्दै कानूनी उपचारमा गएको चेतावनी दिएका छन् ।

योञ्जनले विज्ञप्ति जारी गरेर अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली महाबाणिज्यदूतलाई जोडेर केही अराजक र अपराधिक मनोवृत्तिका व्यक्तिहरूले आफै तथ्यहीन, भ्रामक र चरित्रहत्या गर्ने नियतका साथ समाचार बनाइ विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण गरेको बताए । उनले ती समाचारको खण्डन गरेका छन् । उनले यस्ता कु–कृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘इमेल केही महिना अगाडि पनि विभिन्न सञ्चारमाध्यममा पठाएर सञ्चारकर्मीहरूलाई प्रभावित गर्न खोजिएको थियो’, योञ्जनले भनेका छन्, ‘फेक इमेल आइडी बनाएर पठाइएको यस्तो इमेल र सामग्री झुटो भएको थाहा पाएपछि सञ्चारमाध्यमबाट प्रकाशित नभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

‘यस कार्यालयबाट कारबाहीमा परेका तथा आफ्नो स्वार्थपूर्ति नभएपछि जिम्मेवार पदमा अनुकूलका व्यक्ति राखेर आफ्नो स्वार्थ पूरा गर्ने नियतका साथ कपोलकल्पित र अपराधिक कार्य भइरहेको जानकारी गराउन चाहन्छौं’, योञ्जनले भनेका छन् ।

‘यस सम्बन्धमा अष्ट्रेलियन फेडेरल पुलिस, भिक्टोरिया पुलिस लगायत अन्य आधिकारिक संघसंस्थासँग सहकार्य गरी हाम्रो कानूनी समूहले आवश्यक कारबाही अगाडि बढाएको छ’, योञ्जनले चेतावनीसहित जनाएका छन् ।

‘सत्यतथ्य नबुझी यस्ता भ्रामक कुरा सञ्चारमाध्यमहरूमा प्रकाशित नगरिदिनुहुन सञ्चारकर्मी मित्रहरूलाई हाम्रो बिनम्र अनुरोध छ’, अवैतानिक नेपाली महावाणिज्यदूत योञ्जनले भनेका छन् ।

‘अष्ट्रेलिया जस्तो नेपालीहरूको बाहुल्यता तीव्र गतिमा बढिरहेको नेपाली समाजलाई सही मार्गमा डो¥याउनु आजको आवश्यकता हो’, उनले भने, ‘यसमा सञ्चारमाध्यम र नेपाली समुदायको सदाझैं साथ र सहयोगको हामीले अपेक्षा गरेका छौं ।’
‘यस कार्यालयका बारेमा केही जानकारी आवश्यक परेमा यस कार्यालयका पब्लिक रेलेसन्स अफिसर तथा मिडिया म्यानेजर निरु त्रिपाठी वा मलाई सम्पर्क गरी दिनुहुन विनम्र अनुरोध गर्दछौं’, योञ्जनले भनेका छन् ।

अष्ट्रेलियामा रहेका सानो स्वार्थ समूहले छन्नभाँती कुरा जोडेर समाचार लेखाएपछि योञ्जनले उनीहरूलाई कारबाहीको चेतावनी दिएका हुन् ।

Published : Saturday, 2022 July 30, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया