बागलुङको नाम बदनाम गर्ने दलाल पक्राउ

बागलुङ । प्रहरीले बागलुङमा ४२ वर्षीय रुद्रनाथ शर्मालाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका– १३ बस्ने शर्मा वैदेशिक रोजगारमा ठगी काण्डमा सजाय पाएर फरार रहेका थिए । शर्मालाई बागलुङ बजारस्थित आफ्नै निवासमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

‘वैदेशिक रोजगार न्यायाधीकरण ईजलास काठमाडौंबाट वैदेशिक रोजगारी ठगी कसुरमा मिति २०७६/०५/२९ गतेको फैसला आदेशले पाँच हजार जरिवाना तोकिएकोमा रुद्रनाथ शर्मा प्रतिवादी भागी हालसम्म फरार रहेकोले खोजतलास गर्ने क्रममा २०७९/०२/१३ गते आफ्नो घर वतनमै लुकिछिपी बसीरहेको अवस्थामा प्रहरी टोलीले फेला पारी कानून बमोजिम पक्राउ गरी लगत कट्टाको लागि सम्मानित बागलुङ जिल्ला अदालत, बागलुङमा पठाइएको छ’, सूचना अधिकारी एवम् डीएसपी इन्द्रबहादुर रानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, बागलुङ प्रहरीले मोबाइल चोरीको अभियोगमा महेन्द्र नेपालीलाई पक्राउ गरेको छ ।

महेन्द्रले चैत २१ गते बागलुङ नगरपालिका– १४ नारायणस्थान बस्ने देवीप्रसाद श्रेष्ठको मोबाइल चोरी गरेर लगेको प्रहरीले जनाएको छ ।

महेन्द्रलाई साउन १२ गते बागलुङ बजारमा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी कानून बमोजिम पक्राउ गरी अदालतमा बुझाएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2022 July 29, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया