यी असईले प्रहरीभित्र हुने बिरलै घटनामध्येको यौनकाण्ड गरे

नेपालगञ्ज । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाइँ बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमा लगेर बलात्कार गरेको अभियोगमा मुद्दा शाखामा कार्यरत चौलागाइँ पक्राउ परेका हुन् । चौलागाइँ बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत छन् ।

साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाइँलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीले बताएका छन् ।

एसपी अधिकारीले घटनाबारे अनुसन्धान गर्न असई चौलागाइँलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले असई चौलागाइँले शुक्रबार बिहान २ बजे प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा लगेको उल्लेख गरेका छन् ।

हिरासतमा रहेका अन्य महिलाहरूले मध्य रातमा हो–हल्ला गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीभित्र बलात्कार र यौनहिंसाका कुराहरू बाहिर आइरहेका थिए । तर, असईले हिरासतबाट महिलालाई आफ्नो कोठामा लगेर यौनकाण्ड गरेको बिरलैमध्येमा पर्छ ।

Published : Friday, 2022 July 29, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया