भुवन केसी बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

एमाले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका अभिनेता केसीलाई सरकारले बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनीष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो ।

Published : Monday, 2022 July 25, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया