वाइडबडी र न्यारोबडी जहाजले कमाई गरेर १ अर्ब ३५ करोड ऋण बुझायो

काठमाडौं । नेपाल वायुसेवा निगमले ऋणको दायित्व किस्ता वापतको १ अर्ब ३५ करोड रुपियाँ भुक्तानी गरेको छ ।

निगमले असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको किस्ता भुक्तानी गरिएको प्रवक्ता अर्चना खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार खड्काले विज्ञप्ति जारी गरेर जहाज खरिदका निम्ति निगमले सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि ऋण लिएको थियो ।

न्यारोवडी जहाज खरिद वापत ४६ करोड र वाइडबडी जहाज खरिद वापत ४५ करोड रुपियाँ गरी ९० करोड किस्ता वापतका रकम भुक्तानी गरिएको छ ।

नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीका कारण विश्व उडान बजारमा समस्या र अफ्ठ्याराहरू आइरहेका बेला निगमले प्रतिकुल समयका बाबजुद कमाई गरेर सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको ठूलो हिस्सा तिरेको छ ।

निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी आएपछि वाइडबडी र न्यारोबडी जहाजले कमाई गर्न थालेको छ । अधिकारी अनुभवी र लामो समय निगमकै कर्मचारी भएर काम गरेका व्यक्ति हुन् ।

निगमका जहाजहरूलाई कसरी उडाउँदा फाइदा हुन्छ भन्ने कुराको जानकारी कार्यकारी अध्यक्ष अधिकारीलाई छ ।

Published : Thursday, 2022 July 21, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया