मोहन बस्नेतले गरेको कामको जस लिन अग्नि सापकोटाले ‘मरेको बाघको जुँगा ताने’

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाको झण्डै दुईतिहाईको सरकारका पालमा

सिन्धुपाल्चोकको जुरेको पहिरोपीडितको राहतको अन्दाजी दुई करोड रुपियाँ नेपाली कांग्रेस नेतृत्वको सरकारले विरतरणका लागि बाटो खोलिदिएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा सरकारले सरकारले जुरे पहिरोपीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने निर्णय गरेको हो । योसँगै जुरेका पहिरोपीडितले न्याय पाएका छन् ।

सिन्धुपाल्चोक जिल्लामा कांग्रेस नेता बस्नेतले काम गरेका छन् वा माओवादीका अग्निप्रसाद सापकोटाले काम गरेका छन् भन्ने कुरा स्थानीयलाई राम्रोसँग जानकारी छ ।

सुनकोशी नदी जुरेको पहिरोका कारण थुनिएर ठूलो जनधनको नोक्सान भएको थियो । जुरेको विनासमा परेर सयौं व्यक्ति पीडित बनेका छन् ।

जुरेमा पहिरो गएको सात वर्षपछि नेता बस्नेतको विशेष पहल र आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले कोषमा रहेको राहतको रकम विरतणका लागि बाटो खोलिदिएका हुन् ।

जुरेमा ०७१ सालमा पहिरो गएको थियो । पहिरो गएपछि दशैं अगाडि कांग्रेस नेता बस्नेतले ३५ सयका दरले पीडितहरूलाई नगद राहत वितरण गरेका थिए । दशैंका बेला पीडितहरूलाई नगद ५ हजारका दरले वितरण गरेका थिए । नेता बस्नेतले तिहारमा पीडितहरूलाई ४ हजारका दरले नगद बाँडेका थिए । बस्नेतले पीडितहरूलाई जाडोबाट बच्न डसना र सिरक बाँडेका थिए । त्योभन्दा अगाडि बस्नेतले पीडितहरूलाई त्रिपाल, खाद्यान्नसहितका राहत वितरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्वको तत्कालीन दैविक उद्धार समिति सिन्धुपाल्चोक (हाल विपत् व्यवस्थापन समिति)लाई संकलित २ करोड रकम जुरेका पीडितलाई वितरण गर्न कांग्रेस नेता बस्नेतले माग गरेका थिए । तर, एमाले र माओवादी केन्द्रले रोकेर वितरण गर्न दिएका थिएनन् ।

नेकपा अर्थात एमाले र माओवादीको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार साढे तीन वर्ष हुँदासम्म माओवादीका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले त्यो रकम वितरणमा सिन्को पनि भाँच्न सकेका थिएनन् । नेता बस्नेतले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणलाई भनेर वितरणका लागि मन्त्रिपरिषदबाट निर्णय गराएपछि माओवादीका नेता सापकोटाले जस लिन समाचार लेखाउनेदेखि कार्यकर्तालाई फेसबुकमा लेख्न लगाएर झुठको खेती गरेका छन् ।

अग्नि सापकोटाले जितेर सांसद बनेको, वनमन्त्री बनेको तथा सभामुख बनेपछि पनि त्यो रकम वितरण गर्न निर्णय गराउन सकेनन् । अहिले आएर कांग्रेस नेता बस्नेतले गरेको कामलाई निर्वाचनको मुखमा जस लिन ‘मरेको बाघको जुँगा उखेल्ने जस्तो हर्कत गरेका छन् ।

कोरोना महामारीका बेला पनि कांग्रेस नेता बस्नेतले स्वास्थ्य सामग्री र खाद्यान्नसहितका राहत वितरण गर्न जाने बेला झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारको पावर देखाएर अग्नि सापकोटाले प्रहरी लगाएर रोक्ने कार्य गरेका थिए ।

बाढीपहिरो पीडितलाई नाखुचेमा राहत विरतण गर्न जाँदा पनि बस्नेतलाई सापकोटाको ग्याङले रोक्ने प्रयास गरेको स्थानीयलाई राम्रोसँग जानकारी छ ।

Published : Monday, 2022 July 18, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया