शशांकको ‘इलाका’मा शेखरको धमाका, आफू निकटका नेता कार्यकर्तालाई सम्बोधन

गैंडाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेता शशांक कोइरालाको निर्वाचन क्षेत्र जिल्लामा आफू निकटका नेता कार्यकर्तालाई सम्बोधन गरेका छन् ।

शनिबार नवलपुरको गैंडाकोटमा नेता शेखरले पुस्ताक बिमोचनको बहानामा गुटको भेला राखेका हुन् । भेलामा सहभागी आफू निकटका नेता कार्यकार्तालाई सम्बोधन गरेपछि कांग्रेसभित्र तरंग उत्पन्न भएको छ ।

शेखर समूहको सो कार्यक्रममा केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ र दिनेश कोइराला, चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, नवलपुर कांग्रेसका सभापति महेन्द्रध्वज जिसी, चितवन कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठ, भरतपुर महानगरका उप–मेयर चित्रसेन अधिकारी, गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेता शशांक कोइराला देखिएनन् । शशांकले प्रतिनिधि सभामा नवलपुर जिल्लाबाट प्रतिनिधित्व गर्छन् ।

नेता शशांकको निर्वाचन क्षेत्रमा पुगेर शेखरले आफ्ना कार्यकर्तालाई सम्बोधन गरेपछि खैलाबैला भएको छ ।

१४औं महाधिवेशनमा सभापतिमा शेखरले उम्मेदवारी दिएका थिए । शेखरलाई सभापतिमा शशांकले सहयोग गरेका थिएनन् ।

त्यसको बदला लिन शेखरले शशांकको निर्वाचन क्षेत्र रहेको जिल्लामा पुगेर आफू निकटका नेता कार्यकर्तालाई सम्बोधन गरेर थ्रेट गरेको चर्चा छ ।

१४औं महाधिवेशनका बेला गुट र भागबण्डाको राजनीति अन्त्यको एजेण्डा लिएर सभापतिमा उम्मेदवार बनेका शेखरले आफूलाई गुटको नेता र गुट, उप–गुटको भेला, बैठक गरेर आलोचित बनिरहेका छन् ।

Published : Saturday, 2022 July 16, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया