एमालेलाई ‘धुलो चटाएर’ देउवाले कांग्रेसमा खुसीयाली ल्याइदिए, पूरा भयो कास्कीको बदला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवम् सचेतक पुष्पा भुसाल प्रतिनिधि सभाको उप–सभामुखमा निर्वाचित भएकी छिन् ।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको तर्फबाट भुसालले साझा उम्मेदवारी दिएकी थिइन् ।

शुक्रबार संसदमा भएको मतदानमा भुसालको पक्षमा १४८ मत परेको छ । भुसालको विपक्षमा ९३ मत परेको थियो । एक जना सांसद भने तटस्थ बसेका छन् ।

उप–सभामुखमा भुसाल र एमालेकी विद्या भट्टराई उम्मेदवार थिए ।

कांग्रेसकी भुसालले भट्टराईलाई हराएर कास्की– २ को उप–निर्वाचनको बदला लिएकी छिन् । एमालेकी भट्टराईले कांग्रेसका उम्मेदवारलाई उप–निर्वाचनमा हराएकी थिइन् । उप–सभामुख पदमा पराजित भएकी भट्टराई पूर्वमन्त्री स्व.रविन्द्र अधिकारीकी पत्नी हुन् भने एमालेका नेता राजन भट्टराईकी बहिनी हुन् ।

२०७६ साल माघ ६ गते तत्कालीन उप–सभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उप–सभामुख पद खाली थियो ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका कारण प्रतिनिधि सभामा दोस्रो पोजिशनमा रहेको कांग्रेसले उप–सभामुख पद पाएको छ ।

धेरै नबोल्ने देउवाले काम गरेर देखाउँछन् । उनका बारेमा सामाजिक सञ्जालमा आलोचकहरूले विभिन्न टिकाटिप्पणी गर्छन् ।

ती आलोचनालाई र टिकाटिप्पणीलाई सहज रुपमा लिने देउवाले कांग्रेसलाई एक वर्षभित्रमा ठूलो उपलब्ध दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाएका छन् । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ जिताउने रणनीतिमा छन् ।

Published : Friday, 2022 July 15, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया