कांग्रेसका कारण ललितपुरमा खेलकुदले शिर उठायो, प्रशिक्षकहरूलाई सम्मान गरिने

लगनखेल । ललितपुर जिल्ला खेलकुद विकास समितिले लामो समयदेखि भोलेण्टर प्रशिक्षकको रुपमा प्रशिक्षण गराई रहेका विभिन्न खेलका प्रशिक्षकहरूलाई सम्मान स्वरुप कदर पत्रसहित सम्मान गर्ने भएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनका अनुसार भोलेण्टरहरूलाई सम्मान गर्न तयारीहरू भइरहेको छ ।

ललितपुरमा विभिन्न खेलका करिब २ सयभन्दा बढि भोलेण्टर प्रशिक्षक रहेका छन् ।

बिनासुबिधा भोलेण्टर प्रशिक्षकहरूले ललितपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग गरेको अध्यक्ष महर्जनले बताएका छन् ।

ललितपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरू धेरै छन् । ती प्रशिक्षकहरू गुमनाम भइरहेको अबस्था छ ।

प्रशिक्षकहरूलाई पुनः सक्रिय बनाउन लागि पुराना र नयाँ भोलेण्टर प्रशिक्षकहरूलाई योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।

ललितपुर कुनै समयमा जिल्लाभरि नै खेलकुदमय थियो । बीचमा १०÷१५ वर्ष ललितपुरमा खेलकुदमा ज्ञान नभएका, खेलकुद नबुझेका गलत नेतृत्वका कारण ललितपुरमा खेलकुद पछि परेको अध्यक्ष महर्जनले बताएका छन् ।

अध्यक्ष महर्जनले आफू अध्यक्ष भएर आइसकेपछि पुनः पुरानै अवस्थामा ललितपुर जिल्ला नै खेलकुदले चिनाउने उदेश्यका साथ काम गर्न लागेको अध्यक्ष महर्जनले बताए ।

सम्मान कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले सम्मान गर्ने भएका छन्। अध्यक्ष महर्जन रहनेछन् ।

भदौको दोस्रो हप्ता बृहत ललितपुर खेलकुद महोत्सव आयोजना गर्ने लागिएको छ ।

अध्यक्ष महर्जनले कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुटबल भलिबल, टेबलटेनिस, ब्याटमिन्टन, फुलकन्ट्याक्ट कराते, एथलेटिक्स लगायत १२ खेलमा प्रतिस्पर्धा हुने बताएका छन् ।

नेपाली कांग्रेसको सिफारिसमा महर्जन समितिको अध्यक्ष बनेका हुन् । उनी किकबक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन समेत हुन् ।

अध्यक्ष महर्जन राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष खेलकुद जगतका हस्ती एवम् नेपाली कांग्रेस लोकप्रिय युवा नेता मीनकृष्ण महर्जनले उत्पादन गरेका खेलाडी हुन् ।

Published : Friday, 2022 July 8, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया