ओलीको हर्कत कांग्रेसले बुझ्यो, बन्यो शक्तिशाली योजना

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको प्रगति देखेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले संयमता अपनाएर माओवादी केन्द्र, नेकपा –एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राजमोलाई साथमा लिएर हिँडेका छन् ।

ओलीले लात हानेपछि सडकमा पुगेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई देउवाले सम्हालेर ल्याएका छन् । स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धन मिलेर ओली अर्थात एमालेसँग कडा बदला लिएका छन् । उनीहरुले ओलीलाई प्रतिनिधि सभा र प्रदेशको निर्वाचनमा पनि राम्रो बदला लिने योजनामा छन् ।

कांग्रेस नेतृत्वको गठबन्धनले सरकारको कमाण्ड सम्हालेपछि ओलीले जस्तो भ्रष्टाचार र काण्डहरु गरेको छैन । जनताको काम अधिकभन्दा अधिक गरेको छ । जनतामा निराशा छैनभन्दा पनि हुन्छ । जनताको अपेक्षा सरकारसँग हुनु स्वभाविक हो । तर, एमाले र ओलीले बिगारेको देशको आर्थिक अवस्थालाई कांग्रेस नेतृत्वको सरकारले सहि बाटोमा ल्याउने प्रयासहरु गरिरहेको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन ओलीले अनेक हर्कत गरिरहेका छन् । ओलीले बागमती प्रदेश सरकारमा खेलेर कांग्रेस र एकीकृत समाजवादीलाई भत्काउन खोजेका छन् । ओलीको हर्कत बुझेर बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नयाँ रणनीति गरेपछि जिल परेका छन् । बानियाँले बागमती सरकारको बजेट पारित गरिदिएका छन् ।

बागमतीको मुख्यमन्त्री पद कांग्रेसलाई दिने सहमति भएको थियो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिन मानेका छैनन् ।

पाण्डेले राजीनामा दिँदा मुख्यमन्त्री बानियाँ बन्ने थिए । मुख्यमन्त्रीको विषयमा एमालेले खेलेर केन्द्रसम्मको गठबन्धन भत्काउन रणनीति बनाएको छ ।

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्रीको लाभमा केन्द्रसम्मको गठबन्धन भत्काउनेछैन । त्यो गल्ती भयो भने एकीकृत समाजवादीलाई ठूलो धक्का हुनेछ । पाण्डेले छिटो राजीनामा दिएर बानियाँलाई मुख्यमन्त्री पद सम्पिएकै राम्रो हुनेछ ।

Published : Friday, 2022 July 1, 9:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया