शेखर समूहको कांग्रेस कमजोर बनाउने हर्कत, भाग माग्न काठमाडौंमा सलबलाउन थाले

काठमाडौं । नेपाली कांग्रेस नेता शेखर कोइरालाले आफू निकटका नेताहरुको भेला गरेर औकात देखाउन थालेका छन् ।

काठमाडौंमा बिहीबार बसेको शेखर समूहको भेलाले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध गतिविधि गरेको हो ।

शेखर समूहले कांग्रेसलाई कमजोर बनाएर कम्युनिस्टलाई फाइदा हुने गरेर हर्कत गरेपछि इमान्दार कार्यकर्ताहरु चिन्तित हुन पुगेका छन् ।

१४औँ महाधिवेशनमा सभापति पदमा देउवासँग हारेपछि लामो समय निश्क्रिय रहेका शेखरले कांग्रेसलाई कमजोर बनाउने प्रयास स्वरुप गुटको भेला राखेपछि आलोचना भएको छ ।

कांग्रेसका नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताएका छन् ।

नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइँमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताएका छन् ।

उनले बैठक शुक्रबार २ बजेपछि पुनः बस्ने गरी स्थगित भएको बताएका छन् ।

शेखरको भेलामा महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाइँ, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन् ।

सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शेखरले आफूलाई शक्तिशाली देखाउन भेला गरेको चर्चा छ ।

भेलामा शेखर समूहले संस्थापन र संस्थापन इतर समूहमा ६०–४० को भागबन्डा गर्नुपर्ने विषय उठाउने एक नेताले जानकारी दिएका छन् ।

Published : Friday, 2022 July 1, 12:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया