अदालतका बिचौलियाको १ नं. नाइकेलाई परिषदले कारबाही गर्ने, बानेश्वरमा भव्य मल

काठमाडौं । महाअभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराका भाई प्रभुशम्शेर जबराका विभिन्न हर्कतहरुका सूची बाहिरिन थालेका छन् ।

प्रधानन्यायाधीश रहेका बेला चोलेन्द्रशम्शेरको नाम र सहयोगमा बिचौलियाको काम गरेर अकुत कमाइ गरेका प्रभुशम्शेरका विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत मुद्धा परेको छ । सो मुद्धा प्रभुशम्शेरले खेप्दै आएका छन् । प्रभुशम्शेरले न्यायालयमा धेरै विचौलियाको काम गरेका थिए ।

दाई प्रधानन्यायाधीश रहेका बेला प्रभुशम्शेरले न्यायालयभित्र विचौलियको काम गरेर करोडौं रुपियाँ आर्जन गरेको खुलेको आरोप छ ।

न्यायाधीशहरुलाई प्रभावमा पारेर प्रभुशम्शेरले विभिन्न हर्कत गरेको आरोप छ । प्रभुशम्शेरलाई न्यायपरिषदले पनि छानविन गरेर कारबाहीको तयारी गरेको छ । परिषदले छानविन समिति बनाएर अनुसन्धान शुरु गरेको छ ।

स्रोतका अनुसार प्रभुशम्शेरले आफ्ना दाई निलम्बनमा परेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेरका नाममा अकुत कमाइ गरेर न्याय पाउनुपर्ने पीडितहरुलाई अन्याय गरेको आरोप लागेको छ ।

केही दिन अगाडि सार्वजनिक भएको काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको लेनदेनको अडियोमा पनि चालेन्द्रशम्शेरको नाम जोडिएको छ । त्यो नाममा पनि चालेन्द्रशम्शेरका भाई प्रभुशम्शेर पनि संलग्न रहेको भन्दै न्याय परिषदले कारबाहीको तयारी गरेको बुझिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका छन् । एमाले समर्थक प्रगतिशील कानून व्यवसायीहरुको संगठनमा आवद्ध अधिवक्ता पोखरेललाई पनि कारबाही प्रक्रिया अगाडि बढेको छ ।

यो अडियो प्रकरणमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई माथि प्रधानन्यायाधीशबाट १ नम्बर (काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश)लाई फोन गराउँछु भनेका छन् । त्यो फोन गराउने कार्यमा प्रभुशम्शेरको रहेको चर्चा छ ।

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर रहेका बेला उनका भाई प्रभुशम्शेरले बिचौलियाको काम गरेर कमाइ गरेको अकुत पैसाबाट नयाँबानेश्वरमा ‘आईपिइएफ मल’ बनाएको खुलेको छ । यो मलमा प्रभुशम्शेरको एकलौटी लगानी रहेको स्रोतको भनाइ छ ।

Published : Friday, 2022 July 1, 12:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया