तरुण दलका तीन जना पूर्व ‘शक्ति’ एकैठाउँ भेटिए

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि तितरवितर भएका नेपाल तरुण दलका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष बुधबार एउटै मञ्जमा देखिएका छन् ।

काठमाडौंमा बुधबार आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा तत्कालीन तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङ एकसाथ देखिएका हुन् ।

बस्नेत कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गुरुङ तरुण दलको अध्यक्षमा नियक्त भएका छन् ।

एउटै कार्यसमितिमा रहेर काम गरेका बस्नेत, चापागाइँ र गुरुङले कार्यक्रममा एकअर्काप्रति मायाप्रेम र सद्भाव साटासाट गरेका थिए ।

नेपाल कृषि श्रमिक संघ काठमाडौं जिल्लाद्वारा आयोजित धान रोपाई कार्यक्रममा बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

विशिष्ठ अतिथिको रुपमा तरुण दलका अध्यक्ष गुरुङ र निवर्तमान उपाध्यक्ष चापागाइँ रहेका थिए ।

तरुण दलमा संकट आउँदा पनि उनीहरूले सबै समस्याको समाधान मिलेर गरेका थिए । अहिले तीन जना आ–आफ्नो भूमिकामा छन् ।

Published : Wednesday, 2022 June 29, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया