अनुचित हर्कत गर्ने फाइनान्सकी वविता काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४१ वर्षीया वविता पन्त पौडेललाई पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी काठमाडौं महानगरपालिका–२ बस्ने चितवनको शिवनगर घर भएकी ववितालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उच्च अदालत पाटनको २०७१ माघ २९ गतेको फैसलाले १ महिना कैद र १० लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई व्यूरोको टोलीले काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।

वविताले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानीजानी अनुचित लाभलिई कर्जा दिई बैंकिङ् श्रोत, साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Published : Wednesday, 2022 June 29, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया