सेरेना विलियम्स विम्बल्डनको पहिलो खेलमै पराजित

लण्डन । सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।

सोमबार राति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भएकी हुन् ।

सेन्टर कोर्टमा सेरेनालाई टानले ७–५, १–६ र ७–६ को सेटमा हराइन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्नेछिन् ।

एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन् ।

Published : Wednesday, 2022 June 29, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया