काठमाडौंको स्काईवाकमा ओलीका सल्लाहकारको लगानी

काठमाडौं । काठमाडौंको कमलादीमा ‘स्काईवाक’ (सिसाको पुल)मा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीका सल्लाहकारको पनि लगानी रहेको छ ।

ओली नेतृत्वको तत्कालीन झण्डै दुईतिहाईको सरकारका विकास सल्लाहकार गजेन्द्र थपलियाले स्काईवाकमा लगानी गरेका छन् ।

८ भदौ २०७५, शुक्रबार गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार स्काईवाक टावर दक्षिण एशियाकै पहिलो दावी गरिएको छ ।

निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यसमा करीव २ अर्ब लगानीको अनुमान गरेको थियो ।

थपलियासहित वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेल, लोकनाथ अधिकारी, विष्णु काप्री, खेमराज न्यौपाने, तेजबहादुर सिंह, बिन्दावासिनी गैरे र लक्ष्मी पुरी लगानीकर्ता रहेका छन् ।

स्काईवाक तीन वर्षमा निर्माण सकिने भनिएको थियो । चार वर्ष पुग्नै लाग्दा बल्ल यसको बाहिरी संरचना देखिनेगरी निर्माण भएको छ ।

स्काईवाक कमलादीमा १३.२ रोपनी जग्गामा निर्माण भइरहेको छ । स्काईवाकका लागि निर्माणकर्ताले २३ वर्षका लागि जग्गा भाडामा लिएका छन् ।

स्काईवाकले देशको पर्यटन विकास र प्रवर्द्धनमा सहयोग पुग्ने निर्माणकर्ताको भनाइ छ ।

चीनमा स्काईवाक चर्चित छ । चीनको स्काईवाकका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल छन् ।

Published : Monday, 2022 June 27, 7:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया