देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, दाङले दुइटा मन्त्री पायो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

आइतबार प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी)का पाँच नयाँ मन्त्रीहरूलाई राखेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

एकीकृत समाजवादी आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा हीराचन्द्र केसी नियुक्त भएका छन् ।

खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए । उनलाई मन्त्रीमा बढुवा गरिएको छ ।

एकीकृत समाजवादीले तीन हप्ता अगाडि आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो ।

सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी दाङ जिल्लाबाट प्रतिनिधि सभामा जितेर आएका सांसद हुन् ।

नव नियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्री देउवाले सोमबार बिहान ११ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

Published : Sunday, 2022 June 26, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया