लोभी ‘ग्याङ अफ फोर’लाई मन्त्री पद प्यारो, बरु पार्टीमा भाँडभैलो गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको झण्डै एक महिना हुन लागेको छ ।

प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका चार नयाँ मन्त्रीलाई शपथ गराउने सुरसार गरेका छैनन् । शपथ नगराउनुको कारण खुलेको छैन ।

एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई ७ महिना अगाडि मन्त्रीमा पठाउँदा ६ महिनाका लागि भनेर पार्टीभित्र आन्तरिक सहमति गरेर पठाएको थियो । यो कुराको जानकार स्वयं प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थियो ।

सरकारमा आफ्ना कुन मन्त्री राख्ने र कसलाई नराख्ने भन्ने कुरा एकीकृत समाजवादीको आन्तरिक विषय हो । तर, एकीकृत समाजवादीभित्र खेल्ने गरेर देउवा र प्रचण्डले हर्कत गरेपछि अध्यक्ष माधवकुमार नेपाल रिसाएका छन् ।

प्रधानमन्त्री देउवाले भन्दा पनि एकीकृत समाजवादीभित्र प्रचण्ड खेलेपछि तनावको स्थिति भएको छ । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले सार्वजनिक रुपमा प्रचण्डले आफूहरूको पार्टीभित्र खेलेको आरोप लगाएका छन् ।

मन्त्री पद बचाउन प्रेमबहादुर आले, विरोध खतिवडा, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय केन्द्रीय कमिटीबाट गरिसकेको छ । तर, आले, खतिवडा, झाँक्री र श्रेष्ठलाई मन्त्री पद यति धेरै प्रिय भएको छ कि छाड्नै मन गरेका छैनन् । मन्त्री पदमा टाँसिएर सधैँ बस्न चाहेका छन् । मन्त्री पदका लागि उनीहरू पार्टी नै परित्याग गर्ने अवस्थामा पुगेका छन् ।

आलेसहित चार जनाको ग्याङले मन्त्री पद फुत्किने पक्का भएपछि आफू निकटका व्यक्तिलाई मन्त्री बनाउन नाम नै प्रस्ताव गरेका छन् । यी चार जनालाई ‘ग्याङ अफ फोर’ भनेर प्रचार गर्न थालिएको छ । उनीहरूले मन्त्री पदमा रहेका बेला गतिलो काम गरेका छैनन् ।

आलेको ग्याङले कृष्णलाल महर्जन, नीरा जैरु, धनबहादुर बुढा र हीराचन्द्र केसी तथा गोपाल बमलाई राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हीराचन्द्र केसीको नाम सिफारिस गरिसकेको छ ।

Published : Sunday, 2022 June 26, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया