घिसिङद्वारा एन्फाका पाँडेलाई स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा)का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

शनिबार घिसिङले पाँडेलाई खादा लगाउँदै त्रिपुरेश्वरस्थत सदस्य सचिवको कार्यलयमा स्वागत गरेका हुन् ।

घिसिङले भने, ‘देशकै सबभन्दा लोकप्रिय खेलको संस्था एन्फाको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्न चाहान्छु ।’

‘स्वयंसेवकको भूमिकामा तपाईंको सहयोगमा एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको नाम फैलाउन सकोस्, अरु देश र व्यवसायिक क्लबहरूसँगको सम्बन्ध राम्रो होस्’, घिसिङले भनेका छन् ।

पाँडे जर्मन एनअआरएन हुन् । सदस्य सचिव घिसिङले नेपाल र जर्मनीवीच संस्था र सरकारको तहमा खेलकुद विकासको लागि सम्बन्ध विस्तार गर्नको लागि पहल गर्न पनि आग्रह गरेका छन् ।

अर्बपति अमेरिकी वारेन वफेटको कम्पनी टीटीआई युरोपमा निर्देशकसमेत रहेका पाँडेले नेपाली फुटबल र खेलकुदको विकासको लागि सदैव पहल र सहयोग गर्न तयार रहेको तथा गरिरहेको बताए ।

उनले ४ वर्षअघि पनि छोटो समय एन्फामा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेपछि राजीनामा दिएका थिए । ‘ए’ डिभजन क्लब हिमालयन शेर्पामार्फत नेपाली फुटबलमा फर्किएका उनी कपनमा सञ्चालित काठमाडौं किकर्सका अध्यक्ष पनि हुन् ।

किकर्सले स्कटिस कोच ली मेन्सन (युईएफए ‘बी’ लाइसेन्स) ल्याएर कपअन स्पोर्टस सेन्टर, कपनमा फुटबल एकेमेमी सञ्चालन गरिरहेको छ ।

Published : Saturday, 2022 June 25, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया