बागलुङमा अपराध गरेर भागेका पुन पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ५७ वर्षीय जंगबहादुर पुनलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट दण्ड सजाय पाएपछि फरार रहेका पुनलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालत पठाइएको बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

बैंकिङ कसूर मुद्दामा अदालतबाट ५ दिन कैद र १२ लाख ५ हजार ५ सय जरिवाता तोकिएका गल्कोट नगरपालिका– १ दुदिलाभाटीका पुनलाई पक्राउ गरिएको सूचना अधिकारी (डीएसपी) ईन्द्रबहादुर रानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बागलुङ प्रहरीले अदालतबाट सजाय पाएर फरार रहेका अपराधीहरूको सूची बनाएर धमाधम पक्राउ गरेको छ ।

यसअघि बागलुङ प्रहरीले झण्ड ५० जना अपराधीहरूलाई पक्राउ गरेर फैसला कार्यान्वयनमा अदालतमा उपस्थिति गराइसकेको छ ।

Published : Saturday, 2022 June 25, 7:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया