देउवाद्वारा उप–सभापति खड्कालाई कांग्रेसको ठूलो संस्थाको प्रमुखमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्कालाई ‘नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को जिम्मेवारी दिइएको छ ।

सभापति शेरबहादुर देउवाले खड्कालाई प्रतिष्ठानको प्रमुखमा नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (क) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टी केन्द्रीय कार्यसमितिका उप–सभापति पूर्णबहादुर खड्कालाई विधानको धारा ३६ र नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठान कांग्रेसको ठूलो वौद्धिकस्तरको संस्था मानिन्छ । यो प्रतिष्ठानको प्रमुखमा रामचन्द्र पौडेल, विमलेन्द्र निधिसहितका नेताले जिम्मेवारी लिइसकेका छन् ।

Published : Saturday, 2022 June 25, 7:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया