यस्तो छ कांग्रेस नेतृ डा.आरजु राणाको मामाको गाउँ र घर, पहिलो पटक पुगिन् राखु (तस्बिर)

पोखरा । नेपाली कंग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा आफ्नो मामाको गाउँ गएकी छिन् ।

डा.देउवाले बिहीबार म्याग्दी जिल्लाको राखुमा रहेको बुढो मामाको गाउँमा पुगेर आफन्त र स्थानीयसँग भेटघाट गरेको नेपाल तरुण दलका अध्यक्ष विद्वन गुरुङले जानकारी दिए ।

‘केन्द्रीय सदस्य आदरणीय डा.आरजु राणाज्यूको बुढो मावलीको गाउँ म्याग्दीको राखामा पर्छ । उहाँ पहिलो पटक मामाको गाउँ जानुभएको हो’, अध्यक्ष गुरुङले भने, ‘हेलिकप्टरबाट मामा घर रहेको गाउँमा पुगेर आफन्त र गाउँका स्थानीयसँग भेट गरेर आउनुभएको छ ।’

स्थानीयले कांग्रेस नेतृ डा.राणालाई दोबा र राखुमा रहेका गुठीको समस्या रहेको भन्दै समाधानका लागि ज्ञापन पत्र बुझाएका छन् ।

कांग्रेस नेतृ डा.राणाले पनि गुठीको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएको तरुण अध्यक्ष गुरुङले जानकारी दिए ।

म्याग्दी कांग्रेसका सभापति खम्बबीर गर्बुजासहित नेतृ डा.राणा मामाघर राखु पुगेकी थिइन् ।

सिम्रिक एयरको हेलिकप्टरमार्फत उनी मामाघर पुगेर आएकी हुन् ।

तरुण दल र कांग्रेसले राखेका कार्यक्रमहरूमा भाग लिन डा.राणा तीन दिन अगाडि पोखरा, पर्वत, म्याग्दी गएकी थिइन् ।

शुक्रबार डा.राणा, तरुण अध्यक्ष गुरुङ मौसम सफा हुनेवित्तिकै पोखराबाट काठमाडौं जाने कार्यक्रम छ । पोखरामा शुक्रबार वर्षात् भएको छ । सोही कारण जहाज उडानमा कठिनाइ भएको छ ।

Published : Friday, 2022 June 24, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया