सशस्त्र प्रहरीको प्रथम समादेशक कार्यशाला गोष्ठी सम्पन्न, आईजीपी अर्यालद्वारा प्रशंसा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, प्रतिष्ठान तथा तालिम शिक्षालयहरूको विशेष भूमिका रहेको बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’को बिहीबार आयोजित समारोहमा अर्यालले प्रतिष्ठानले तालिम शिक्षालयहरूमा संचालन हुने तालिमहरूको गुणस्तर र प्रभावकारिता अभिबृद्धिमा खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले प्रथम पटक आयोजित सो गोष्ठी सफलतापूर्वक सम्पन्न गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार प्रकट गर्नुहुँदै निकट भविष्यमा संचालन हुने बरिष्ठ अधिकृत सम्मेलनमा प्रस्तुत गरिने तालिमसम्बन्धी एजेण्डा तय गर्न गोष्ठीबाट आएको निचोड महत्वपूर्ण हुने र प्राप्त निष्कर्षलाई तत्कालै कार्यान्वयनमा लगिने बताए ।

अर्यालले प्रशिक्षकहरूको मनोवल उच्च राख्न उनीहरूको थप सुविधाका लागि संगठनले पहल गर्ने चर्चा गर्दै उच्च मोरालमा रहि सकारात्मक सोंचका साथ सबैले आ–आफ्नो ठाउँबाट सांगठनिक बिकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

हाल संचालन भइरहेका तालिमहरू, तालिम पाठ्यक्रम, तालिम पूर्वाधार, प्रशिक्षक प्रशिक्षार्थीहरूको व्यवस्थापन, तालिममा प्रशिक्षण गराइने विषयहरू, प्रशिक्षण विधि, मूल्यांकन प्रणाली, तालिम शिक्षालयहरूको विशिष्टिकरण तथा स्तरोन्नति, उपलब्ध भौतिक पूर्वाधारहरूको दिगो संरक्षण तथा विकास, आत्मनिर्भर तालिम शिक्षालय, तालिम अभिलेख व्यवस्थापन प्रणाली, तालिम क्यालेण्डर, तालिम निर्देशिका लगायतका कार्यहरु समयानुकुल, बैज्ञानिक र व्यवहारिक बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा सहभागि समादेशकहरूबाट प्रस्तुतीकरण भएका विषयरुमा छलफल र अन्तरक्रियाबाट विस्तृत प्रतिवेदन तयार गरिएको हो ।

महानिरीक्षक अर्यालले उक्त प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. ४ ईन्टेलिजेन्स तालिम समापन गर्नुका साथै प्रशिक्षार्थी अधिकृतहरूलाई तालिमबाट प्राप्त ज्ञानको उच्चतम प्रयोग गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा पूर्ण व्यवसायिक भई परिचालित हुन निर्देशन दिए ।

८ हप्ता अवधिको उक्त तालिम २६ जना सिनियर अधिकृतहरूले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा ए.पी.एफ. कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालयहरूका समादेशक तथा प्रतिनिधीहरूको उपस्थिती रहेको थियो ।

????????????????????????????????????
Published : Thursday, 2022 June 23, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया