‘जिगरवाला’ गृहमन्त्रीको आकर्षक निर्णय, डीआईजी बढुवामा इतिहाँस बनाए, कांग्रेसको शिर निहुरिएन

काठमाडौं । स्थानीय तहको निर्वाचन एकै चरणमा सफलताका साथ सम्पन्न गरेका गृहमन्त्री बालकृष्ण खाणले डीआईजी बढुवामा पनि निष्पक्षता अपनाएका छन् ।

खाणले डीआईजी बढुवा सिफारिसमा चार जना महिलालाई प्राथमिकता दिएका हुन् । ती भाग्यमानी महिला डीआईजीमा किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणा रहेका छन् । ती चार जना महिला नेपाल प्रहरीभित्र काबिल र सक्षम महिला पर्छन् ।

१७ जना डीआईजीमा महिला ४ जना परेका हुन् । यसअघिका गृहमन्त्री र सरकारले महिलालाई यसरी प्राथमिकता दिएका थिएनन् ।

अर्घाखाँची जिल्ला स्थायी घर भएका बसन्त कुँवर कार्यक्षमता र योग्यताअनुसार एसएसपीबाट डीआईजीमा पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् । सम्भवत कुँवर नै अबको नयाँ आईजीपी हुनेछन् ।

गृहमन्त्री खाणले कुनै पनि दवाव र प्रलोभनहरूमा ध्यान नदिएर कुँवरलाई डीआईजी बढुवामा १ नम्बरमा राखेका हुन् । कुँवर प्रहरीभित्र सक्षम मानिन्छन् ।

खाणले यसअघि पनि पूजा सिंहलाई एसएसपीबाट डीआईजी र एआईजीमा बढुवा गरेर इतिहाँस रचेका छन् । पूजा सिंह पहिलो मधेशी महिला नेपाल प्रहरीको उच्च तहको पदमा पुग्ने पहिलो व्यक्ति हुन् ।

पूजा सिंहलाई रोक्न विभिन्न तत्वहरू लागेका थिए । विरोध र ती तत्वहरूको आलोचनाको प्रवाह नगरेर गृहमन्त्री खाणले पूजा सिंहलाई एसएसपीबाट डीआईजी हुँदै एआईजीमा बढुवा गरिदिएका हुन् ।

गृहमन्त्री खाणले डीआईजी बढुवामा निष्पक्षता अपनाएका छन् । उनले १३ जना वरिष्ठ एसएसपीलाई डीआईजीमा बढुवा गरेर न्याय गरेका छन् । त्यसमा थप चार जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेर न्याय दिएका छन् ।

गृहमन्त्री खाणले आफ्नो उदेश्यअनुसार गृह प्रशासनभित्र काम गरेका छन् । विगतका गृह मन्त्रीहरू विभिन्न विवादमा परेका थिए । तर, खाण कुनै पनि विवादमा परेका छैन । उनको स्वच्छ छवि र काम गर्ने कार्यशैलीका कारण प्रहरी प्रशासनभित्र आलोचना र विवाद भएको छैन ।

आईजीपी धिरजप्रताप सिंहले पनि गृहमन्त्री खाणको निर्देशन र योजनालाई ईमान्दारिताका साथ कार्यान्वयन गरेका छन् । खाण र सिंहबीचको तालमेलका कारण देशभरि एकैचरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

गृहमन्त्री खाण र आईजीपी सिंहलाई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलताका साथ सम्पन्न गर्ने चुनौति छ । त्यो चुनौतिलाई पनि खाण र सिंहले पूरा गर्नेछन् ।

जिल्ला ईञ्चार्जदेखि विभिन्न पदमा सरुवा तथा पदस्थापना गर्दा पनि गृहमन्त्री खाणले कुनै भेदभाव नगरेर क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिएको चर्चा छ ।

Published : Thursday, 2022 June 23, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया