मूल्यवृद्धिविरुद्ध नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्ध नेपाल विद्यार्थी संघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनीमार्गमा बिहीबार बिहान नेविसंघको आरआर क्याम्पस ईकाइले मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको हो ।

विद्यार्थी नेताहरूले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई मूल्य वृद्धि नियन्त्रण गर्न आग्रह गरे । उनीहरूले मूल्य वृद्धिबाट सबैभन्दा धेरै गरिव जनता र विद्यार्थी मर्कामा परेको बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा खाद्यान्नसहित सबै बस्तुको भाउ बढेको भन्दै विद्यार्थी नेताहरूले चिन्ता जनाएका छन् ।

कांग्रेससँग जनताले धेरै अपेक्षा गरेको भन्दै सरकारले जनतालाई राहत दिने कार्यक्रम लागू गर्नुपर्ने माग प्रदर्शनकारी विद्यार्थीको छ ।

Published : Thursday, 2022 June 23, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया