दाङले डीआईजी पायो

काठमाडौं । नेपाल प्रहरीका एसएसपी श्यामलाल ज्ञवाली डीआईजी बढुवाको सिफारिसमा परेका छन् ।

दाङ जिल्लाको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिका–५ सिसहनियाँ घर भएका ज्ञवाली डीआईजी बढुवाको सिफारिसमा परेका हुन् ।

ज्ञवाली डीएसपी र एसपीमा १ नम्बरमा बढुवा भएका थिए । एसएसपीमा ज्ञवाली ४ नम्बरमा बढुवा भएका थिए । अहिले उनी ५औँ नम्बरमा डीआईजी सिफारिसमा परेका छन् ।

डीआईजी सिफारिस परेका ज्ञवाली कार्यसम्पादन र जिम्मेवारी पालना गर्ने कुरामा सक्षम मानिन्छन् ।

ज्ञवालीको पुर्ख्यौली घर भने प्यूठान जिल्लामा पर्छ । ज्ञवाली पूर्वआईजीपी ठाकरप्रसाद ज्ञवालीका भाई हुन् ।

Published : Thursday, 2022 June 23, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया