एमालेका अधिवक्ताले न्यायाधीशलाई नराम्रोसँग फसाए, अचानक तोरीको फूल देखे

काठमाडौं । न्याय परिषदले घुस प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।

समितिको बुधबार काठमाडौंमा बसेको बैठकले ४५ दिनको समय दिएर प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी दिएको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको बताए । समितिको सदस्यमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहेका छन् ।

समितिलाई यसबारे सत्य तथ्य बुझी छानबिन गरी प्रतिवेदन पेस गर्न ४५ दिनको समय दिइएको छ ।

बैठकले प्रारम्भिक छानबिन गरिरहनु पर्ने नदेखिएको भन्दै दफा १९ बमोजिम नै सोझै जाँचबुझ समिति गठन गरेको छ ।

समितिले काम गर्नका लागि पहिले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नुपर्नेछ ।

जाँचबुझका लागि राजपत्रमा सूचना प्रकाशन भए लगत्तै न्यायाधीश निलम्बनमा पर्नेछन् ।

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार सार्वजनिक भएको थियो ।

न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका छन् ।

यसैबीच, कानून व्यवसायी परिषद् (बार काउन्सिल)ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो ।

बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले बताए ।

समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरणपछि प्रमाण बुझेर थप निर्णय हुने बताइन् ।

परिषदको अनुशासन समितिमा अध्यक्ष एवं महान्यायाधिवक्ता खम्मबहादुर खाती छन् ।

सदस्यमा वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानाङ्ग र बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ छन् ।

Published : Wednesday, 2022 June 22, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया