एआईजी पोखरेललाई अर्को ठूलो झुट्का

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको विदा दोस्रो पटक अस्वीकृत भएको छ ।

आईजीपी बढुवामा असन्तुष्टि जनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका पोखरेलले सोमबार विदाका लागि निवेदन दिएका थिए । उनले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर ११ दिन घर विदा पेस गरेका थिए ।

प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले एआईजी पोखरेलको घर विदा अस्वीकृत भएको जानकारी दिएका छन् ।

एआईजी पोखरेलले जेठ २५ गते पनि घर विदा माग गरेका थिए । त्यस बेला पनि उनको विदा अस्वीकृत भएको थियो ।

पहिलो पटक विदा अस्वीकृत भएको १५ दिनपछि हाजिर हुन आउने जानकारी दिनुपर्ने प्रहरी नियमावलीमा व्यवस्था छ ।

आइजिपी बढुवा विरुद्ध पोखरेलले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ ।

मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा.कुमार चुडालको इजलासमा असार १३ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।

सरकारले वैशाख १८ मा सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी पोखरेलले ३० दिनको विदा लिएका थिए ।

Published : Tuesday, 2022 June 21, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया