उपेन्द्र यादवको अहँकारले तनाबमा अशोक राई, एमालेसँग सम्पर्कमा, जतिबेला पनि बोल्ड निर्णय हुने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवको अहँकार र पेलानका कारण वरिष्ठ नेता अशोककुमार राई तनाबमा परेका छन् ।

अध्यक्ष यादवले पार्टीभित्र कुनै पनि विषयमा सरसल्लाह नगरेर एकलौटी रुपमा निर्णय गर्ने, नियुक्ति गर्ने, सिफारिस गर्ने जस्ता कार्य गरेपछि राई असन्तुष्ट बनेका हुन् । नेता राई अरु नेताले जस्तो षड्यन्त्र गर्दैनन् । साथीभाई र नेताहरूले जे सल्लाह दिन्छन् त्यही निर्णय गर्छन् ।

नेता राईको सरल र सहज स्वभावको फाइदा उठाएर अध्यक्ष यादवले जसपाभित्र एकलौटी कब्जा जमाएका छन् । मन्त्री सिफारिस गर्दा होस् वा पार्टीभित्रका निर्णय गर्दा होस् यादवले आफू खुसी निर्णय गर्ने गरेका छन् ।

अध्यक्ष यादवको कार्यशैलीबाट निरास बनेका वरिष्ठ नेता राई जसपाको कार्यक्रमहरूमा धेरै देखिन छाडेका छन् ।

स्रोतका अनुसार नेता राईले आफूसँग रहेका नेता कार्यकर्ताको भविष्यका लागि एमालेमा बिलय भएर जाने हो कि भनेर पनि अनौपचारिक कुराकानी अगाडि बढाएका छन् । नेता राई एमालेका नेताहरूसँगको सम्पर्कमा रहेको चर्चा छ ।

अध्यक्ष यादवका कारण नेता राईले जसपा छाडेर एमालेमा प्रवेशको तयारी गरेको चर्चा पनि छ । यस विषयमा नेता राईले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउनुभन्दा अगाडि नै नेता राईले बोल्ड निर्णय गर्नुपर्ने भन्दै शुभेच्छुकहरूले दवाव दिइरहेका छन् । स्थानीय तहको निर्वाचनमा अध्यक्ष यादवले पार्टीभित्र सरसल्लाह नै नगरेर एकलौटी रुपमा टिकट बाँडेका थिए । टिकट बाँड्दा पनि यादवले आर्थिक लाभ लिएको आरोप छ ।

नेता राईको राजनीतिक पृष्ठभूमि एमाले हो । एमालेलाई छाडेर आएका राईलाई पुनः एमालेमा भित्र्याउन एमालेकै नेताहरू पनि लागेका छन् । राई एमालेमा जाने भएमा जसपाबाट करीव २५ प्रतिशत नेता कार्यकर्ता लैजान सक्ने क्षमता राख्छन् ।

Published : Tuesday, 2022 June 21, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया