कांग्रेस नेतृ डा.आरजु राणाको पोखरामा भव्य स्वागत, पोखरा हुँदै पर्वत र म्याग्दीसम्म पुग्ने

पोखरा । नेपाल तरुण दलको कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा पोखरा आएकी छिन् ।

सोमबार बिहान कांग्रेस नेतृ डा.राणा पोखरा आइपुगेको नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

नेतृ डा.राणा नेपाल तरुण दल कास्कीको आयोजना हुने कार्यक्रममा प्रमुख आतिथ्यको रुपमा उपस्थित हुने कार्यक्रम छ ।

डा.राणालाई पोखरा विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

डा.राणाको स्वागतका लागि नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल तरुण दल कास्कीको अध्यक्ष मनोज गुरुङ, प्रदेशका मन्त्रीहरू, नेता, कार्यकर्ता, सुरक्षाकर्मीलगायतको विमानस्थलमा उपस्थिति रहेको थियो ।

कांग्रेस नेतृ डा.राणा पार्टीको कार्यक्रममा सहभागी हुन पर्वत र म्याग्दी पनि जाने कार्यक्रम रहेको छ ।

समय रह्यो भने नेतृ डा.राणा बाग्लुङमा रहेको बाग्लुङ कालिकाको मन्दिरमा पनि पुगेर दर्शन गर्ने जनाइएको छ ।

बाग्लुङ कालिका जाने कार्यक्रम छैन । तर, बाग्लुङ कांग्रेसका नेताहरूले डा.राणालाई बाग्लुङ कालिकाको मन्दिरमा लगेर दर्शन गराउने तयारी गरेको जनाइएको छ ।

तरुण दलका अध्यक्ष गुरुङले समय रह्यो भने बाग्लुङ कालिकाको मन्दिरमा लगेर नेतृ डा.राणालाई पूजाअर्चना र दर्शन गराउने तयारी रहेको पनि बताए ।

Published : Monday, 2022 June 20, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया