एसपीपी ओलीले गरेको शक्तिशाली खुलासा, कथित राष्ट्रवादीहरू नाङ्गिए

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारका पालामा भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रत्यत्न भइरहेको बताए । उनले भने, ‘जो आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरूले नै राष्ट्रवादको हावा दिने गरेका छन् ।’

‘हिजो आज एसपीपी सम्झौता हुँदैछ रे भनेर भइसक्यो भनेजस्तो प्रचार गरिएको छ’, दाहालले भने, ‘यो बिल्कुल झुटो हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हातले त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाएको माओवादीका अध्यक्ष दाहालले उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्रीसँग र हामो गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन’, उनले भने, ‘कुनै सैन्य सम्झौता हुने छैन । यो घोषणा गर्न चाहन्छु ।’

‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ’, उनले भने, ‘यो हामी सबैले बुझ्न जरुरी छ ।’

अध्यक्ष दाहालले अहिलेको गठबन्धन नेपालको राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको पक्षमा दृढताका साथ उभिने बताएका छन् ।

एसपीपीका विषयमा एमालेले बबण्डन मच्चाइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीले नै एसपीपी अमेरिकासँग माग गरेको खुलासा गरेका छन् । दाहालको खुलासाले एमालेको कथित राष्ट्रवादी अनुहार उदाङ्गो बनेको छ ।

Published : Thursday, 2022 June 16, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया