आईजीपीको मुद्दामा प्रभु–विश्व–चोलेन्द्रको उग्र हर्कत

काठमाडौं । चालेन्द्रशम्शरे जबराले अहिले पनि आफू निकटका न्यायाधीशहरूमार्फत सेटिङ गरेर चलखेलको प्रयासमा रहेको आरोप लागेको छ ।

महाअभियोग दर्ता भएपछि बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवास कब्जा गरेर बसेका जबराले अहिले पनि आफू निकट न्यायाधीशहरूमार्फत् विभिन्न मुद्दामा चलखेल गर्दैआएको चर्चा छ ।

जबराका भाइ प्रभुशम्शेर राणाले धेरै औद्योगिक घरानाका मुद्दा, बैंक तथा वित्तीय संस्थाका मुद्दादेखि सरकारी जग्गा र फौजदारी अभियोग लागेका पक्ष÷विपक्ष दुवैसँग अग्रिम करोडौं रकम लिएकाले अर्धभूमिगत जस्तै भएका छन् ।

पक्ष र विपक्ष दुबैसँग घुस लिने र जसले बढी रकम दिन्छ उसैको पक्षमा फैसला गराउने कार्य दाजु प्रधानन्यायाधीश रहुञ्जेल राणाले गराउँदैआएका थिए ।

धेरै ब्यक्तिसँग उनले रकम लिएकाले उनी अर्धभूमिगत छन् । अर्धभूमिगत भए पनि उनकोे अझै पनि बालुवाटारमा आउजाउ छ ।

चोलेन्द्रनिकट न्यायाधीशहरू बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, मनोजकुमार शर्मा, कुमार रेग्मीहरूमार्फत् अहिले पनि मुद्दामा भनसुन गर्ने गरेको ‘नेपालफेस डटकम’ले समाचारमा उल्लेख गरेको छ ।

बहुचर्चित प्रहरी महानिरीक्षकको मुद्दामा समेत चोलेन्द्रका भाई प्रभुले रिट दायर गर्ने एआइजी विश्वराज पोखरेललाई बोकेर न्यायाधीशका घर–घरमा धाउने गरेको स्रोतलाई उल्लेख गर्दै समाचार लेखिएको छ ।

प्रभुमार्फत् न्यायाधीशको घर–घरमा धाएर कुरा मिलाएपछि भने एआइजी पोखरेल असार ५ गते आफूले मुद्दा जित्ने कुरामा उत्साहित भएको जनाइएको छ ।

आइजीपी नियुक्तिबिरुद्ध पोखरेलले दायर गरेको रिटको सुनुवाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालले गरिरहेका छन् । जेठ ३० गते हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ असार ५ का लागि तोकिएको छ ।

सरकारले आइजीपीमा नियुक्ति गर्ने एक आधार भनेको कार्यक्षमता पनि हो । जुन धिरजप्रताप सिंहले देखाइसकेका छन् ।

चुनावको १२ दिनअघि आइजीपी भएका सिंहले शान्तिपूर्ण रुपमा एकै चरणमा स्थानीय तहको निर्वाचन गराई आफ्नो कार्यकुशलता पनि देखाइसकेका छन् ।

नियुक्ति भएको १२ दिनमै एकै चरणमा चुनाव त्यो पनि शान्तिपूर्ण रुपमा गराउन सफल आइजीपी सिंहको नियुक्ति अदालतले बदर गर्ला त ? सर्बत्र चासोको विषय बनेको छ ।

Published : Thursday, 2022 June 16, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया