कुर्सी फुत्किएको झोँकमा शंकर पोखरेलले धमिलो पानीमा माछा मार्न खोजे

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली खत्रीको घटनाबारे सत्य तथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा कार्यदल बनाएको हो ।

समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

यसैबीच, राज्यमन्त्री वली प्रकरणमा एमालेले धमिलो पानीमा माछा मार्न खोजेको छ ।

राज्यमन्त्री वलीका विषयमा मुख्यमन्त्रीको जवाफ माग गरेर एमालेले केही समय लुम्बिनी प्रदेशको संसद अवरोध गरेको छ ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले तुलसीपुरमा महिला र बालिकामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।

मंगलबार राज्यमन्त्री वलीले दाङको तुलसीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ ।

राज्यमन्त्री वली विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ ।

राज्यमन्त्री वली एमालेबाट प्रदेश सभाको उप–निर्वाचनमा निर्वाचित भएकी थिइन् । वलीलाई जिताउन एमालेका शंकर पोखरेलसहितका नेताहरूले ठूलो भूमिका खेलेका थिए ।

नेकपा विभाजन भएपछि वलीले एमाले छाडेर माओवादी केन्द्रतिर लागेपछि एमालेका नेताहरू रिसाएका छन् । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न वलीले नै मुख्यभूमिका निभाएकी थिइन् ।

अहिले आएर एमालेका महासचिव समेत रहेका पोखरेलले वलीसँग बदला लिने असफल प्रयास गरेका छन् ।

तुलसीपुर घटनापछि राज्यमन्त्री वली बुधबार अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समया भएको भन्दै वली बुटवलमा अस्पताल भर्ना भएकी हुन् ।

Published : Wednesday, 2022 June 15, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया