राष्ट्रपति भण्डारीकी छोरी–ज्वाइँको कलेजमा खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

कलेजमा अध्ययनरत ४ जनाको समूहले मंगलबार दिउँसो साढे १ बजे कलेजमै प्रवेश गरी खुकुरी प्रहारी गरेर फरार भएको थियो ।

प्रहरीले धारिलो हतियार प्रहारबाट बायाँ कानमुनि चोट लागेका घाइते सुरक्षा गार्डलाई उद्दार गरी मोडेल अस्पताल बागबजारमा लगेर उपचार गराएको थियो । सुरक्षा गार्डको उपचारपछि डिस्चार्ज गरिएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

अनुसन्धान गर्ने क्रममा खुकुरी प्रहारको घटनामा ट्रिनिटी कलेजको मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत ४ जना विद्यार्थी संलग्न रहेको पाएपछि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वीरमुनि घर भई हाल जिल्ला काठमाडौंको तारकेश्वर नगरपालिका बानियाटार बस्ने १८ वर्षीय जोसेन बानियाँ रहेका छन् । बानियाँले सुरक्षा गाडीलाई धारिलो हतियार प्रहार गरेका थिए ।

रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाको मानेभञ्याङ्ग–६ घर भई घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौं टोखा ढलमल बस्ने १८ वर्षीय सञ्जीव भण्डारी ‘अनमोल’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

करीव १० दिन अगाडि कलेज प्राङ्गणमा बास्केटवल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा दुई पक्षबीच झै–झगडा हुन लागेको थियो ।

सुरक्षा गार्डले छुट्याएका थिए । त्यस क्रममा विद्यार्थीले सुरक्षा गार्डलाई आक्रमण गरेर घागेका थिए ।

उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको छ ।

ट्रिनिटी कलेज राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी–ज्वाइँको कलेज हो ।

Published : Wednesday, 2022 June 15, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया