वाम गठबन्धनको हल्ला चलेकै बेला एमालेले माओवादीका मान्छेलाई नङ्ग्यायो, बैठक नै भाँडियो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको हर्कतको विरोध गर्दै प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभाको बैठक अबरोध गरेको छ ।

मंगलबार बसेको बैठकमा एमालेले अर्थमन्त्री शर्माले बजेट बनाउँदा बाहिरका मानिस राखेर बनाएको र राजश्वको दर हेरफेर गरेको भन्दै एमालेले संसद अबरोध गरेको हो । एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित भएको छ ।

बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका मुख्य सचेतक विशाल भट्टराईले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।

प्रमुख सचेतक भट्टराई बोलेर सक्नेवित्तिकै एमाले सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरेका थिए ।

अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने एमाले सांसदहरूको माग छ ।

अर्थमन्त्री शर्माले बजेट बनाउँदा बाहिरी मानिसको संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् ।

बजेट निर्माण गर्दा राजश्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न नरहेको उनले दाबी गरेका छन् ।

एमालेले ९ महिनासम्म प्रतिनिधि सभाको बैठक अबरोध गरेको थियो । ९ महिना संसद अबरोध गरेर आफ्नै पुरानो रेकर्ड ब्रेक गरेको एमालेले बजेटको छलफल अन्तिम चरणमा पुगेका बेला सदन अबरोध गरेको छ ।

एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धनका हल्ला चलेका बेला एमालेले माओवादीका नेता समेत रहेका अर्थमन्त्री शर्माको हर्कतको विरोधमा सदन अवरोध गरेर तहल्लका मच्चाएको छ ।

Published : Tuesday, 2022 June 14, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया