बिटक्वाइनको मूल्यमा भारी गिरावट

लण्डन । बिटक्वाइनको मूल्यमा गिरावट आएको छ । बिटक्वाइनको मूल्य २५ हजार ६ सय डलरमा झरेको छ ।

सोमबार बिटक्वाइनको १८ महिना यताकै सबैभन्दा कम मूल्य हो ।

डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीको बजारमा मूल्यमा गिरावट आएपछि हलचल भएको छ ।

संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विभिन्न कारणले लगातार कमजोर बनिरहेको छ । नोभेम्बरमा क्रिप्टोकरेन्सीको मूल्य सबैभन्दा उच्च अर्थात् ६८ हजार डलरभन्दा माथि पुगेको थियो । क्रिप्टोकरेन्सीको मूल्य ८० प्रतिशतले घटेको छ ।

बिटक्वाइनको मूल्य यही दरमा घटेमा यो वर्षको अन्त्यसम्ममा १४ हजार डलरमा झर्न सक्ने अनुमान छ ।

६ सय ७० दिनभित्रमा बिटक्वाइनको मूल्य २१ हजारदेखि १४ हजार डलरसम्ममा झर्ने सम्भावना छ ।

सन् २०२३ मा बिटक्वाइनको मूल्य पुनः बढेर ४० हजारसम्म पुग्ने विश्लेषकको अनुमान छ ।

विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्यमा पनि गिरावट आइरहेको छ । इथेरियमको मूल्य १३ सय ५५ डलरमा झरेको छ ।

Published : Tuesday, 2022 June 14, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया