कांग्रेसले प्यूठानमा अर्को इतिहाँस रच्यो, रोज र विष्णुको कमाल देखेर सूर्य थापा चकित

प्यूठान । नेपाली कांग्रेसले प्यूठान जिल्लामा इतिहाँस रच्दै जिल्ला समन्वय समिति (जिसस)को नेतृत्व पाएको छ ।

कांग्रेसले गठबन्धनमार्फत जिससको प्रमुखमा निर्विरोध भएको हो । कांग्रेसको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका धरमबहादुर जिसीको शानदार जित भएको छ ।

माओवादी केन्द्रले पनि उप–प्रमुखमा शानदार जित हासिल गरेको छ । उप–प्रमुखमा माओवादीका दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर उम्मेदवारी दिएपछि एमालेले पराजित हुने डरले उम्मेदवारी नै दिएन । एमालेले उम्मेदवारी नदिएपछि गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका हुन् ।

कांग्रेसले जिससमा प्रमुख र १ सदस्य पाएको छ । माओवादीले उप–प्रमुखसहित २ सदस्य पाएको छ । राष्ट्रिय जनमोर्चाले ४ जना सदस्य पाएको छ ।

कांग्रेसबाट टोपाराम कालाथोकी, माओवादीबाट तारा बिक, निर्मला पोख्रेल र राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्रबहादुर खड्का, खुमा अधिकारी तथा रेकम रसाइली निर्वाचित भएका छन् ।

क्षेत्रीय सभापति रोज राणा र पार्टी सभापति विष्णु गिरीको कुशल रणनीतिले गर्दा कांग्रेसले पहिलो पटक प्यूठानमा जिससमा प्रमुख र १ सदस्य पाएको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा शानदार जित हासिल गर्दै एमालेलाई धुलो चटाएको छ । क्षेत्रीय सभापति राणा र जिल्ला सभापति गिरी युवा हुन् । यी दुई युवाको निर्वाचनमा देखिएको संयोजनले गर्दा कांग्रेसलाई सफलता प्राप्त भएको प्यूठान कांग्रेसका नेताहरूको भनाइ छ ।

एमालेका नेता सूर्य थापाले गृहजिल्ला प्यूठान स्थानीय तहमा लज्जास्पद हारब्यहोर्नु परेको छ । त्यसको बेफाइदा एमालेलाई जिससमा भएको छ । एमालेले जिससमा उम्मेदवारी नै दिन सकेन ।

प्यूठानमा कांग्रेसले माओवादी र राष्ट्रिय जनमोर्चासँग मिलेर एमालेलाई साइजमा ल्याइदिएको छ । एमालेको अहँकार भत्काइदएको छ ।

Published : Monday, 2022 June 13, 10:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया