यस कारण कम्युनिस्टले जस्तो झुठ बोलेनन् देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।

काठमाडौंमा आइतकार भएको कार्यक्रममा बोल्दै देउवाले विभिन्न विषयमा कांग्रेस नेता÷कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन’, उनले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन ।’

‘नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिनेछ’, प्रधानमन्त्री देउवाले भनेका छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेको भन्दै माग र दाबी गरेअनुसार काम गर्न नसकिने स्पष्ट पारेका थिए ।

देउवाले कम्युनिस्टले जस्तो यो वा त्यो गर्छु भनेर कुनै आश्वासन दिएनन् । उनले आफूले सत्य बोलेर कांग्रेसका बारेमा स्पष्ट पारेका छन् ।

Published : Sunday, 2022 June 12, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया