काठमाडौंमा भएको ठूलो काण्डमा संलग्न दुई प्रहरी पक्राउ

काठमाडौं । काठमाडौंमा ३५ लाख रुपियाँ लुटेको घटनामा प्रहरीले दुई जना प्रहरी कर्मचारीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरीको संगीत विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुइँटेल र सुदन नेपाली ‘अशोक’ रहेका छन् ।

नेपालीको स्थायी घर दाङको घोराही उप–महानगरपालिका–१० नारायणपुरमा पर्छ । लुइँटेलको स्थायी घर सिन्धुलीमा पर्छ ।

नेपालीलाई दाङको भालुवाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लुटइँटेलले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

व्याडमिन्ट कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।

जेठ ८ गते ३५ लाख लुटपाट भएको थियो । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जना पक्राउ गरिसकेको छ ।

वैशाख १८ गते प्रहरीले नुवाकोटको दुप्चेश्वर घर भएका पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका सहायक हवल्दार सालिकराम नेपालीलाई पक्राउ गरिसकेको छ । सालिकराम प्रहरी वृत मालिगाउँमा कार्यरत छन् ।

Published : Saturday, 2022 June 11, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया