जन्तरखानीमा बन्दुकसहित शेर्पा पक्राउ

काठमाडौं । ओखलढुङ्गा जिल्लामा प्रहरीले ३५ वर्षीय कामे शेर्पालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

सिद्दिचरण नगरपालिका–६ जन्तरखानी माथिल्लो मैदाने बस्ने शेर्पालाई १ थान भरुवा बन्दुकसहित बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शेर्पाको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले घर तलासी गर्दा बन्दुक फेला परेको थियो ।

उता, जाजरकोटको छेडागाड नगरपालिका–५ चंखेलास्थित झाडीमा लुकाई छिपाई राखेको १ नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

झाडीमा लुकाई राखेको बन्दुक ईलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गईरहेको प्रहरीले फेला पारी बरामद गरेको हो ।

Published : Saturday, 2022 June 11, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया