देउवाले गृहमन्त्रीलाई दिएको निर्देशनले रामदेवको सातोपुत्लो उड्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका छन् ।

तेलीले सर्वसाधारणसँग चर्को ब्याज लिएर दुःख दिने गरेको जानकारी पाएपछि प्रधानमन्त्री देउवाले कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका हुन् ।

देउवाले मिटरब्याजी तेलीलाई तत्काल पक्राउगरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको निजी सचिवालयले जनाएको छ ।

तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।

सोही विषयमा संसदमा समेत सांसदहरूले कारवाही गर्न माग गरेका छन् ।

सप्तरी जिल्ला मात्र नभई विभिन्न जिल्लाहरूमा पनि मिटर व्यवाजको समस्या छ । मिटर व्याजको काण्डले धेरैको घर बिग्रिएका छन् ।

Published : Friday, 2022 June 10, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया