कांग्रेस नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं । नेपाल कांग्रेस नेतृत्वको सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

सरकारको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ मूल्य घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । निगमको संचालक समितिको बैठकले मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य अब प्रतिलिटर १७० रुपियाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपियाँमा हुनेछ ।

Published : Thursday, 2022 June 2, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया