लोक गायिका कल्पनाले विवाह गरिन्

काठमाडौं । लोक दोहोरी गायिका कल्पना दाहालले काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी छिन् ।

गायिका दाहालले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग कोर्ट म्यारिज गरेको दाहाल निकट एक साथीले जनाएका छन् ।

सोमबार दाहाल विवाह दर्ताका लागि अदालत गएकी थिइन् । गायिका दाहालले मंगलबार विवाह दर्ताको प्रमाणपत्र पाएको उनी निकटका एक साथीले बताएका छन् ।

उनीहरूको विवाहमा परिवारका सीमित सदस्य मात्र साक्षीका रुपमा अदालतमा उपस्थिति थिए ।

विवाह दर्ताको प्रमाणपत्र लिएपछि दाहाल र आचार्यले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएका थिए ।

गायिका दाहालले आफ्नो विवाहका विषयमा औपचारिक रुपमा केही भनेकी छैनिन् । यद्यपि, सामाजिक सञ्जालमा दाहालका शुभेच्छुकहरूले शुभकामना र बधाई दिएका छन् ।

विवाहका विषयमा म्यासेजञ्जरमार्फत सोधिएको जिज्ञासामा गायिका दाहालले कुनै प्रतिक्रिया दिएकी छैनिन् ।

Published : Wednesday, 2022 June 1, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया