तस्करीमा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेश्वरमा बरामद

जलेश्वर । भारतबाट भन्सार छलेर ल्याइएको लाखौंको सामग्रीहरू महोत्तरी प्रहरीले बरामद गरेको छ ।

शुक्रबार बिहान जलेश्वर नगरपालिकाको वडा नं. ६ धबौलीस्थित बाँध छेउमा रहेको बाँसघारीमा प्रहरीले करीव साढे ४ लाख बराबरको सामग्रीहरू बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा २ वटा बोरामा भारतबाट भन्सार छलि गरी लुकाई–छिपाई ल्याउँदै गरेको रु. ४ लाख ४३ हजार बराबरको सामान बरामद भएको छ ।

प्रहरी चौकी भिठ्ठामोडबाट गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ ।

एसपी कृष्ण पंगेनीले महोत्तरीको प्रहरी ईञ्चार्जको कमाण्ड सम्हालेपछि तस्करीमाथि कडा निगरानी राख्दै आएका छन् । दैनिक रुपमा हुने तस्करी र भन्सार छलिका हर्कतलाई उनले छुट दिएका छैनन् ।

Published : Saturday, 2022 May 28, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया