सचिवमा बढुवाका लागि यी तीन सह–सचिवको नाम सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले विशिष्ट श्रेणी पद (सचिव)का लागि तीन जना सह–सचिवहरूको नाम सिफारिस गरेको छ ।

बिहीवार बसेको समितिको बैठकले ३ जना सह–सचिवको नाम सचिवका लागि सिफारिस गरेको हो । यी तीन जना सह–सचिवबाट लोक सेवा आयोगले एकजनालाई सचिवमा बढुवा गर्नेछ ।

सचिवका लागि सिफारिस हुनेमा सह–सचिव सर्जुकुमार बैद्य, रामआधार साह र विश्वबाबु पुडासैनी रहेका छन् । उनीहरू सबै प्राविधिक सह–सचिव हुन् ।

बैद्य जल तथा ऊर्जा आयोगमा कार्यरत छन् । साह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । पुडासैनी बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रदेश सचिवमा कार्यरत छन् ।

यी तीन जना सह–सचिवबाट सरकारले मन्त्रिपरिषदको बैठकमार्फत एक जनालाई सचिवमा बढुवा गर्नेछ ।

Published : Thursday, 2022 May 26, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया