सर्वोच्चको बोल्ड फैसलाले गीताले न्याय पाइन्, जबराको फैसला त्रुटीपूर्ण

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई कैद सजाय छुट दिने निर्णय उल्ट्याएको छ ।

बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई सजाय छुट दिने फैसला उल्ट्याउने निर्णय गरेको हो ।

महाअभियोगपछि हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संयुक्त इजलासले गरेको फैसला उल्टाउँदै सर्वोच्चले कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको छ ।

यसअघि गत असार १५ गते राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो ।

२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो ।

जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो ।

पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो ।

जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो ।

सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए । कोइरालाले पत्नी हत्या गरेको थिए ।

सर्वोच्चले जबरासहितका न्यायाधीशहरूको फैसला उल्ट्याइदिएपछि सजायमा छुट दिने फैसा त्रुटीपूर्ण रहेछ भन्ने पुष्टि गरेको छ ।

Published : Thursday, 2022 May 26, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया