एमाले मुर्छा पर्ने गरी रेनुले यी कामहरू गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकास, भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको बताएकी छिन् ।

माओवादी नेतृ समेत रहेकी मेयर दाहालले काम गरेर भरतपुर महानगरका जनतालाई धन्यावाद दिने बताएकी छिन् ।

उनले स्मार्ट भरतपुरको सपना पूरा गर्ने आफ्नो संकल्प रहेको भन्दै हातेमालो गर्न सबैमा अपील गरेकी छिन् ।

‘स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो अमूल्य मत प्रदान गरी भरतपुरको विकास र जनसेवाका लागि दोस्रोपटक निर्वाचित गराउनुभएकोमा समस्त भरतपुरवासी सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु’, उनले भनेकी छिन् ।
उनले निर्वाचन लोकतन्त्रको मेरूदण्ड रहेको बताएकी छिन् ।

‘हामीले निर्वाचनलाई स्वच्छ एवं लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिएका छौं’, उनले भनेकी छिन्, ‘निर्वाचनमा प्राप्त शिक्षाहरूबाट सिक्दै लोकतन्त्रलाई थप सुदृढ गर्न, संविधान र अग्रगमनको बाटो पछ्याउन हामी निरन्तर सक्रिय रहनेछौं ।’

‘निर्वाचनका दौरानमा हामीले जुन प्रतिवद्धता व्यक्त गरेका छौं, आगामी पाँच वर्षको हाम्रो रोडम्याप त्यही हुनेछ’, मेयर दाहालले भनेकी छिन् ।

‘प्राथमिकताका अधुरा योजना सम्पन्न गर्ने, पूर्वाधार विकास, मानवीय विकास, रोजगारी र स्वरोजगार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, बिपन्न नगरवासीको जीवनस्तर वृद्धि लगायत जे–जति क्षेत्रमा हामीले प्रतीज्ञा गरेका छौं, दोस्रो कार्यकाल यिनै संकल्पहरू पूरा गर्न समर्पित गर्नेछु’, उनले भनेकी छिन् ।

एमालेले मेयर दाहाललाई हराउन ठूलै हर्कत गरेको थियो । नेपाली कांग्रेसको साथ र समर्थनमा दाहालले मेयरमा जितेकी छिन् ।

एमालेलाई देखाउन पनि दाहालले भरतपुरमा काम गर्ने दृढता जनाएकी छिन् ।

Published : Thursday, 2022 May 26, 3:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया