झण्डै दर्जन सह–सचिवहरूको सरुवा

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको केही दिनभित्रै सरकारले ९ जना सह–सचिवहरूको सरुवा गरेको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सह–सचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयले प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू उमेश ढुङ्गानाको सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल सरुवा भएको छ ।

सो कार्यालयका सह–सचिव विष्णुप्रसाद कोइराला मन्त्रालयको अतिरिक्तमा तानिएका छन् ।

अतिरिक्तमा रहेका सह–सचिव कल्पना श्रेष्ठको गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

नारायणप्रसाद शर्मा आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश वा अन्तर्गत सरुवा भएको छ ।

सुरेश राउतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय, प्रदेश नं. १ विराटनगरमा सरुवा भएको छ ।

सुशीला अर्याल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरुवा भएको छ ।

सह–सचिव सुरेश पन्थीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।

दीपक घिमिरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा सरुवा भएको छ ।

सह–सचिव प्रदीप परियारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ ।

Published : Wednesday, 2022 May 25, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया