सरकारद्वारा पाँच जना सचिवको सरुवा, रेणुले छानेर सचिव लगिन्

काठमाडौं । सरकारले ५ जना सचिवहरूको विभिन्न मन्त्रालय र कार्यालयहरूमा सरुवा गरेको छ ।

बुधबार सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयानुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा गरिएको छ ।

खानेपानी मन्त्रालयका सचिव सरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मणिराम गेलालाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ ।

नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । भौतिकमन्त्री रेणु यादव र सचिव श्रेष्ठबीच तिक्तता बढेका बेला मन्त्रालयमा नयाँ सचिव ल्याइएको छ ।

यसैबीच, सरकारले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

Published : Wednesday, 2022 May 25, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया